नेपाली ११ र १२ (Nepali 11 or 12)

छिमेकी

१.धनजिते र गुमानेका बिचको झगडा बढ्नुको कारण के हो ?

उत्तरः धनजिते र गुमाने छिमेकी थिए । असारको महिनामा खेत माथिको चौतारोमा सबै जना जम्मा भएर सुस्ताउन लागेका थिए । यस्तैमा गुमानेका गोरु धनजितेका विउमा पसे । धानको बिउबाट गोरु निकाल्ने क्रममा धनजितेले गोरुलाई पिट्न थाल्यो । गुमानेले आफना गोरुलाई पिटेको देखेर बिउ नोक्सान गरेको छ भने अर्मलले नत्र गोरु नकुटु भन्यो । यस्तैमा रिसले आगो भएको धनजितेले अपशब्द प्रयोग गर्दै गाली गर्न थाल्यो । लडाउने मौका खोजेका धर्मानन्द पाध्येले गुमानेलाई समर्थन गर्दै कलहको आगोमा मट्टीतेल थप्ने कार्य गरे । धर्मानन्दको तेल थपाइले गुमाने र धनजितेको लडाइँ बढ्यो ।

२. धर्मानन्द कस्तो स्वभावको व्यक्ति हो र कथामा उसले कस्तो भूमिका खेलेको छ ?

उत्तरः धर्मानन्द अरूलाई लडाएर आनन्द लिने स्वार्थी र नीच स्वभावको व्यक्ति हो । ऊ । आफूलाई गाउँको बुज़ुक हुँ भन्ने घमण्ड गरे पनि बुजुकको व्यवहार नदेखाउने खल । चरित्रको व्यक्ति हो । कथामा खल पात्रको रूपमा देखिएको उसले आगोमा घिउ थपेर धनजिते र गमानेलाई लडाउने कार्य गरेको छ । उनीहरूलाई सम्झाएर झगडा मिलाइ दिनुको सट्टा लडाएर मजा लिने उसको कथामा मुर्ख , नीच , फटाहा स्वभाव प्रदर्शन गरेको छ । तर लडाइँ चरम सीमामा पुगेर गुमानेले दङ्गाले हान्न लाग्दा उसलाई छेकेर केही मानवीय भूमिका निर्वाह गरे पनि लडाइँको कारक तत्त्व ऊ नै भएकाले कथामा उसको भूमिका खल पात्रको रूपमा रहेको छ ।

३. गुमाने र धनजितेका बिचको झगडा कसरी टुङ्गियो ?

उत्तरः गुमाने र धनजितेको झगडा भएको साढे दुई महिनापछि फैलिएको महामारीले गाउँमा धेरैको ज्यान लियो । महामारी फैलिनुको कारण देवी देवता रिसाएर हो भन्ने निष्कर्षमा पुगी गुमानेले जान्ने बसायो तर धनजिते उपस्थित भएन । त्यसको केही दिनपछि रोगले धनजितेलाई समात्यो । त्यसको तिन दिनपछि धनजितेकी स्वास्नी पनि रोगले लडी । मानवीय भावना भएको गुमानेले यो कुरा देखेर धनजितेप्रति सहानुभूति जनायो । गाई बाखाको स्याहार सुसार गयो । धनजितेको पनि राम्रो स्याहार सुसार गर्यो । आशामरु साहुले पैसाको लोभ देखाउँदा पनि उसले धनजितेलाई छोडेन । आफू बिरामी भएर अचेत अवस्थामा पुग्दा आफ्नो सेवा र हल गर्ने गुमानेको दयालु व्यवहार देखेर धनजितेले माफ माग्यो र दुई जनाका बिचको झगडा टुङ्गियो ।

४. ' छिमेकी ' कथाका पात्रहरू रहेको स्थानगत र समयगत परिवेशको वर्णन गर्न होस ।

उत्तरः छिमेकी कथामा ग्रामीण अशिक्षित सामाजिक जनजीवनको चित्रण गरिएको छ । छिमेकी कथाका पात्रहरू रहेको स्थल कुनै ग्रामीण स्थल हो । सहरिया यान्त्रिकताबाट टाढै रहेको , मेहनतपूर्वक काम गर्ने र त्यसको फलमा रमाउने जालझेल , षड्यन्त्र , केही नभएका निर्दोष गाउँलेको चित्रलाई कथाले व्यक्त गरेको छ । प्रदूषण रहित शुद्ध वातावरण , शान्त , मनोरम र रमणीय प्राकृतिक स्थल कथामा परिवेश बनेर आएको छ । समयगत रूपमा भन्नुपर्दा २००७ साल अघिको असार महिनाको समयलाई कथाले परिवेश बनाएको छ ।

५. छिमेकीको आवश्यकता र महत्त्वबारे ' छिमेकी ' कथाले कस्तो सन्देश दिएको छ ?

उत्तरः छिमेकी जिउँदाका जन्ती र मर्दाका मलामी हुन् । छिमेकीको आवश्यकता समाजका प्रत्येक सदस्यलाई हन्छ । कहिलेकाहीँ ससानो विषयमा झगडा भए । पनि एक अर्काको सहयोग छिमेकीका लागि अपरिहार्य हुन्छ । छिमेकीको सद्भाव र सहयोगले जातीय र क्षेत्रीय एकता सम्भव हुन्छ । पैसाको प्रलोभनलाई अस्वीकार गर्ने गुमानेले गरिब भए पनि पैसाको निम्ति आत्मा । बेच्ने नीच नभएको भन्दै छिमेकी धनजितेको स्याहार सुसार गरी उसलाई । निको बनाउन सहयोग गरेकाले छिमेकीको महत्त्व झल्कन्छ । बल , बुद्धि र धनमा जतिसुकै शक्तिशाली भए पनि छिमेकीको अपरिहार्यतालाई ' छिमेकी ' कथाले पुष्टि गरेको छ ।

६. ' छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हो ' यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नु होस् ।

उत्तरः छिमेकी कथा गुरु प्रसाद मैनालीद्वारा लिखित एक उत्कृष्ट सामाजिक आदर्शोन्मुख यथार्थवादी कथा हो । समाजका सदस्यहरू नै एक आपसमा छिमेकी हुन् । छिमेकीको सहयोग र समर्थनमा नै समाज अगाडि बढेको हुन्छ । । समाजमा बसेर छिमेकी भएपछि एकले अर्कालाई परेको बेलामा सहयोग गर्न पर्छ । यो नै सच्चा र असल छिमेकीको धर्म हो । समाजमा संस्कृति अनुसार विभिन्न काजकर्म , चाडवाड , रीतिरिवाजहरू सम्पन्न हुन्छन् । ती कार्यहरू एक्लैले गर्न सकिंदैन । यसका लागि छिमेकीको सहयोग चाहिन्छ । दुःख सुखमा साथ दिने छिमेकी नै असल र वास्तविक छिमेकी हुन् । विवाह , मृत्यु जस्ता कार्यमा छिमेकीको सहयोग अपरिहार्य हुन्छ । विवाह जस्तो सुख र उल्लासमय कार्यक्रममा छिमेकीको साथ पाएपछि मानिस थप खुसी हुन्छ भने मृत्यु जस्तो दुःखद कार्यमा छिमेकीले सहयोग गरेपछि मानिसले सान्त्वना पाउँछ । अनि विवाह र मृत्यु समाजका विविध सांस्कृतिक पक्ष हुन् अनि सुख र दुःखका प्रतीक पनि हुन् । यसर्थ छिमेकीले दुःख सुखमा साथ दिनु पर्छ भन्ने सन्देश दिन खोजिएको प्रस्तुत कथामा छिमेकी जिउँदाको जन्ती र मर्दाको मलामी हो ।

नेपालै नरहे (Prev Lesson)
(Next Lesson) आइमाई साथी
Back to नेपाली ११ र १२ (Nepali 11 or 12)

No Comments

Post a Reply

error: Content is protected !!